
काठमाडौं, भदौ १२ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३३ दशमलव ३६ अंकले घटेर १९ सय ८९ दशमलव २६ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव शून्य पाँच अंकले घटेर तीन सय ८५ दशमलव ७० अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको ४३ हजार नौ सय ७७ पटकको कारोबारमा ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समुहहरूको सूचक पनि उच्च घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज राधी जलविद्युत कम्पनी, सानिमा लार्ज क्याप फण्ड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रुरु जलविद्युत परियोजना लिमिटेड, लिबर्टी इनर्जी कम्पनी, बलेफी हाइड्रो पावर लिमिटेड आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण कावेली पावर कम्पनी, राधी जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड आदि परेका छन् ।