नोएडा, भदौ १२ । भारतको नोएडास्थित सुपरटेकको ट्विन टावर आइतबार ध्वस्त पारिएको छ । अवैध रूपमा निर्माण गरिएका १०० मिटर अग्लो सुपरटेकका ट्विन टावर केही सेकेण्डमै भग्नावशेषमा परिणत भएको थियो ।
भारतको नोएडामा रहेको ट्विन टावर आज (आइतबार) दिउँसो २ः३० बजे ध्यस्त गरिएको थियो। ट्विन टावर ९ सेकेण्डमै ध्वस्त भएको थियो । दिल्लीको कुतुबमिनारभन्दा १०० मिटर अग्लो भवनहरू ध्वस्त पार्न ३७ हजार किलोभन्दा बढी विस्फोटक पदार्थ प्रयोग गरिएको थियो।
सर्वोच्च अदालतले यो निर्माणलाई नियमविपरीत भएको भन्दै भत्काउने निर्णय गरेको थियो । यो भत्काउने कार्यमा सुरक्षामा कुनै कमी नहोस भनेर प्रशासनले ठोस तयारी गरेको थियो । टावर भत्किएपछि धुवाँ र प्रदूषण नियन्त्रण गर्न ट्वीन टावरको चारैतिर स्मोग गन राखिएको थियो । ट्विन टावर विष्फोटका लागि वरपरका भवनहरू पहिले नै खाली गरिसकिएको थियो ।
यससँगै भ्रष्टाचारमाथि कडा हमला गर्दै सुपरटेक ट्विन टावर इतिहासमा रेकर्ड भएको छ । यसले राज्यमा गैरकानुनी कार्य सहने छैन भन्ने सन्देश दिएको छ।