काठमाडौं, भदौ १३। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली केन्याविरुद्ध चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल १ खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज १ खेल अगाबै आफ्नो बनाउनेछ । ५ खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।
केन्या पनि नेपालविरुद्ध जित निकाल्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ । यसका लागि नेपाल बलियो प्लेईङ-११ का साथ मैदान उत्रन चाहन्छ । नेपालले तेस्रो खेलको प्लेईङ-११ लाई निरन्तरता दिने सम्भावना रहेको छ । नेपालका लागि पवन सरार्फ तथा अर्जुन साउदले ओपनिङ गर्ने सम्भावना रहेको छ ।
तेस्रो स्थानमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहँदा चौथो स्थानमा भने उपकप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ । पाँचौं नम्बरमा दीपेन्द्र सिंह ऐरी तथा छैठौं स्थानमा आरिफ शेख रहने सम्भावना रहेको छ । सातौं स्थानमा आदिल आलम रहने सम्भावना रहेको छ । आठौं स्थानमा करण केसीले मौका पाउदा नवौं नम्बरमा सोमपाल कामी रहने सम्भाबना रहेको छ । दशौँ नम्बरमा कप्तान सन्दीप लामिछाने रहँदा एघारौं स्थानमा साहब आलम रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११ :
अर्जुन साउद (विकेट किपर),पवन सरार्फ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने(कप्तान) र साहब आलम ।