Kath Khabar
सुरज आर्केडका अनधिकृत संरचना हटाउन पुगेको महानगरको टोली २४ घन्टाको समय दिएर फर्कियो


          काठमाडौं, भदौ १३ । काठमाण्डौ महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन पुगेको महानगरको टोली २४ घन्टाको समय दिएर फर्किएको छ। महानगरपालिकाको टोली जाने खबर पाएपछि केहि व्यापारीहरु पसल बन्द गरेर निस्किएका थिए भने केहीले सामान प्याक गर्न थालेका छन् ।

सुरज आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ । ती सामाग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो।

यसैगरी काठमाडौं महानगरको टोली बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो । महानगरको टोलीले सुरज अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खालाी गराउन थालेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update