Kath khabar
एन्फाले एएफसीलाई ७ हजार डलर जरिबाना तिर्नुपर्ने

कुवेतमा भएको एसियन कप-२०२३ छनोट (तेस्रो चरण) मा भएको घटनालाई लिएर एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाललाई ७ हजार डलर जरिबाना गरेको छ ।

गएको जेठमा भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सुरुका २ खेलमा पहेँलो कार्ड पाएकाले इन्डोनेसिया विरुद्धको अन्तिम खेलमा निलम्बनमा परेका थिए ।

तर, उनी निलम्बित भएको खेलमा ‘ड्रेसिङ रुम’ र मैदानमै पुगेका थिए । त्यसबापत अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ६ हजार अमेरिकी डलर जरिबाना तिनुपर्ने भएको हो ।

इन्डोनेसियासँगको खेलमा पहिलो हाफ ढिला सुरु गराएको भन्दै एन्फालाई थप १ हजार डलर जरिबाना गराउने निर्णय पनि भएको छ । एएफसीले जरिबानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम २ वर्षभित्र तिर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update