
काठमाडौं, भदौ १४। अघिल्लो दिन बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि बढेको छ । नेप्से आज दुई दशमलव ३३ अंकले बढेर एक हजार नौं सय ९५ दशमलव ३४ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि एक दशमलव ४९ अंकले बढेर तीन सय ८८ दशमलव ९५ अंकमा पुग्न सफल भएको छ । दुई सय २६ वटा कम्पनीहरुको २० हजार आठ सय ५८ पटकको कारोबारमा २९ लाख १४ हजार पाँच सय तीन कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल रकम एक अर्ब एक करोड ९५ लाख १६ हजार छ सय ९६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स र होटल तथा पर्यटन सहितका सात वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, लघुवित्त, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका छ वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, नबिल ब्यालेन्स फन्ड ३, गुराँस लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने वीन लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, कुमारी धनबृद्धि योजना आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, नेपाल टेलिकम, हिमाल दोलखा हाइड्रो पावर कम्पनी आदि परेका छन् ।