Kath khabar
डलर कार्डको प्रयोगमा राष्ट्र बैंकको कडाइ




          काठमाडौं, भदौ १५ । नेपाल राष्ट्र बैंकले डलर कार्ड मार्फत हुने भुक्तानीमा कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूको नाउँमा परिपत्र जारी गर्दे १८ वटा वस्तु तथा सेवाको भुक्तानीमा डलर कार्डको प्रयोग गर्न प्रतिवद्ध लगाएको हो ।

यो व्यवस्था अनुसार अब देखि १८ प्रकारका बस्तु तथा सेवाको खरिदमा डलर कार्डको प्रयोग पूर्णरुपमा प्रतिवन्ध लागेको छ । यस अन्तर्गत ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११, ६३००, ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६१ सहितका १८ वटा मर्चेन्ट क्याटागोरी कोड (एमसीसी) अन्तर्गतका बस्तु तथा सेवाहरूमा डलर कार्डबाट भुक्तानी गर्न प्रतिबन्ध लगाईएको छ ।

राष्ट्र बैंकका अनुसार यि कोडहरु अन्र्तगत पर्ने १८ वटा वस्तु तथा सेवाहरुमा मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलाल र डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल स्टेट, एजेन्ट तथा म्यानेजर (रेन्टल), वाणिज्य बैंकहरूलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरीद तथा लोडिङ, विविध सेवा तथा बस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठन भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने भएको छ ।   


 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update