दाङमा तीजको नाच भईरहेको ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु, १२ जना घाइते
दाङ, भदौ १५ । दाङको घोराहीमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।
घोराही उपमहानगरपालिका-१२ को गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा २ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताउनुभयो ।
घटनास्थल विकट पहाडी गाउँमा भएको र फोन सम्पर्क नभएकाले सबै विवरण आउन नसकेको गौतमले बताउनुभयो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय