रूस, भदौ १५ । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गर्नुभएको थियो । तर उँहाले सोभियत संघको पतन रोक्न सक्नुभएन, जसका कारण आधुनिक रूसको उदय भयो ।
लामो समयदेखि मृगौला रोगसँग लडिरहनु भएका मिखाइलको उपचाररत अस्पतालमै निधन भएको जनाएको छ । स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन सोभियत सङ्घलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गर्नुभएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।