
काठमाडौं, भदौ १५ । नेप्से एकै दिन २२ अंकले घटेको छ । अघिल्लो दिन झण्डै चार अंकले बढेको नेप्से आज बुधबार २१ दशमलव ९७ अंकले घटेर एक हजार नौं सय ७३ दशमलव ३८ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि चार दशमलव ३६ अंकले घटेर तीन सय ८४ दशमलव ५९ अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरूको २९ हजार पाँच सय ८४ पटकको कारोबारमा २९ लाख ९२ हजार आठ सय ७३ कित्ता शेयर कारोबार भएका छन् । जसबाट कुल कारोबार रकम एक अर्ब १२ करोड ६२ लाख १७ हजार आठ सय ६२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनी, आरबीबी म्युचुअल फण्ड, समता लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन पावर पार्टन, सिभिल लघुवित्त वित्तीय संस्था, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनी, हिमाल दोलखा हाइड्रो पावर कम्पनी आदि परेका छन् ।