नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्धारा २५ लाखको बीमा दाबी भुक्तानी
काठमाडौं, जेठ १३ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लहान शाखाबाट २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार बिहिबार सिरहा नगरपालिका लहान-१ निवासी शकुन्तला पोद्दारले गर्नुभएको जीवन बीमा वापतको रकम उहाँको भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम २५ लाख रुपैयाँ बीमांक रकम वापत भुक्तानी गरिएको हो ।
शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते २५ लाख रुपैयाँ बराबरको जीवन अमृत योजना खरिद गर्नु भएको थियो । दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको सपरिवारको उपस्थिती रहेको थियो । बीमा दाबी भुक्तानी लिदै गर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दाबी भुक्तानी सरल र सहज रुपमा पाएको बताउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय