सुनचाँदीको मूल्य आज फेरी घट्यो
बुधबार सुन रु.८ सय र चाँदी १५ रुपैयाले घटेको थियो
काठमाडौं, भदौ १६ । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु.९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु.९००ले घटेर रु.९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा रु.९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बिहीबार रु.३० रुपैयाँले घटेर रु.१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार सुन रु.८ सय र चाँदी १५ रुपैयाले घटेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय