Kath khabar
न्युयोर्कमा बन्दुक बोक्न प्रतिबन्ध

             न्युयोर्क, भदौ १६ ।  अमेरिकी सरकारले अमेरिकाको न्युयोर्क राज्यका प्रसिद्ध टाइम्स स्क्वायर, न्युयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाएको छ । 

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबार देखि लागू  भएको छ । कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताल लगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानून प्रवर्तन अधिकारीहरूमा भने लागु हुने छैन् ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका वर्षेनी दर्जनौँ मानिसको मत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाइँ नहुँदा बन्दुकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update