Kath khabar
३,५५७ जनामा परिक्षण गर्दा २६९ जनामा कोरोना पुष्टि

              काठमाडौं, भदौ १६ ।  स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल ३,५५७ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२,००२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ३,१५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update