Kath khabar
राष्ट्र बैंकको अंकुश : गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा तत्काल एलसी नखोलिने

 
            काठमाडौं, भदौ १६ । राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुलाई तत्कालको लागि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा एलसी नखोल्न निर्देशन दिएको छ ।

बिहिबार नेपाल राष्ट्र बैंक, बैंकिङ बिभाग लगायतका सम्पुर्ण प्रादेशिक कार्यालयहरु, बिदेशी बिनिमय कारोबार गर्न अनुमती प्राप्त वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका बिकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार यो निर्देशन पश्चात वाणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा बैंकहरुले एलसी खोल्न पाउने छैनन् । सरकारले गत सोमबार राजपत्रमा सुचना जारी गर्दे गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा २०७९ बैशाख १३ गतेबाट लगाएको प्रतिवन्धलाई २०७९ असोज २८ गतेसम्मको लागि निरन्तता दिएको थियो ।

सोही आधारमा राष्ट्र बैंकले बिहिबार परिपत्र जारी गर्दे यि चार वटा बस्तुहरुको आयातमा एलसी नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।  

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update