मूल्य घट्दा समायोजन नगरेको निगमले मूल्य बढेपछि भने डिजेल र मट्टीतेलको भाउ बढायो
पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत
काठमाडौं, भदौ १७ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन नगरेको निगमले मूल्य बढेपछि भने नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । निगमले भाउ बढेर आएलगत्तै बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेको छ । अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय