Kath khabar
साफ च्याम्यिनसिपका लागि २ राष्ट्रका खेलाडी काठमाडौमा

              काठमाडौ भदौ १७ ।  नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि २ राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् । यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि भूटान र पाकिस्तानका खेलाडीहरु नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी सबै टोली आइतबारसम्म काठमाडौ आइपुग्नेछन् । 
    
प्रतियोगितामा आयोजक नेपालसँगै भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी सात राष्ट्रको महिला राष्ट्रिय फुटबल टोली सहभागी छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको ‘ए’ मा नेपाल, श्रीलङ्का र भूटान छन् भने समूह ‘बी’ मा भारत बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
    
उक्त प्रतियोगिताको तयारीका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उपाध्यक्ष खड्काले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।
     
एन्फाले उक्त प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र बोर्डकास्टिङ अधिकार भने हन्ड्रेड स्पोर्टस् म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई बिक्री गरेको छ । प्रतियोगितामा खेल हेर्न भिआइपी प्याराफिटतर्फ रु. ५ सय र साधारण प्याराफिट तर्फ रु. ३ सयको टिकट तोकिएको छ । 
    
उक्त प्रतियोगिता सपन्न गर्नका लागि कूल रु. ३ करोड ४७ लाख ६८० खर्च लाग्ने आयोजकले जनाएको छ । यसमध्ये सहभागी टोली र म्याच अफिसियलको खानपिन र बसोबास खर्च दक्षिण एशियाली फुटबल सङ्घ (साफ)ले बेहोर्नेछ भने खेल मैदानको तयारी र स्थानीय यातायात तथा अन्य स्थानीय खर्च एन्फाले बेहोर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update