Kath khabar
३,५३७  जनामा परिक्षण गर्दा २०० जनामा कोरोना पुष्टि

              काठमाडौँ, भदौ १८।  स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २०० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल ३,५३७ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२,००७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जना संक्रमण मुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या २,६४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update