Kath khabar
केएफसीको १४ औं शाखा बुटवलमा



           काठमाडौं, भदौ १९ । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा १४ औं शाखा बिस्तार गरेको छ ।

बुटवल  उपमहानगरपालिका वडा नं ८, सुख्खानगर स्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसिका बिभिन्न चिकेन परिकार जस्तै हट एण्ड क्रिस्पी चिकेट, चिकेन पप कर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

केएफसीले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागि विश्व स्तरीय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दूरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।

रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । केएफसीका कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला  निर्मलिकरण गर्ने गर्दछन् ।

हरेक ग्राहकबिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दूरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ व्यवस्थित गरिएको छ । १८८० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरूले सेवा लिन सक्नेछन् ।

रेष्टुरेन्टले हाल बिहान १० बजे बाट रातको  १० बजे सम्म डाइन–इन र टेक अवे  मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ ।  


 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update