Kath khabar
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तेस्रो दिन बयान सुरू

                काठमाडौं, भदौ १९ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि  महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरू भएको छ । समितिले उहाँसँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियोे । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन ४ वटा तथा दोस्रो दिन २ गरी अहिलेसम्म जम्मा ६ वटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान सरू हुनेछ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुुन बमोजिम काम गर्दै आएको वयान दिनुभएको छ ।
 
६ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको ३ महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । उक्त समितिको  यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ । 
 
राणा विरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियोे । राणा विरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ । समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारिरहनेछ । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update