काठमाडौं, भदौ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। मन्त्री जीवनराम श्रेष्ठलाई एक सुरक्षा गार्डले अभद्र व्यवहार गरेको भन्दै थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिईएको हो ।
गत शुक्रबार ठमेलस्थित छाया सेन्टरमा बायोमेट्रिक्स कामका लागि गएका मन्त्री जीवनराम श्रेष्ठलाई छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरूङले ‘लाइनमा बस्नु’ भन्दै दुर्व्यवहार गरेको भन्ने आरोपमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने आदेश भएको हो। मन्त्रीका पिएसओले श्रेष्ठ मन्त्री भएको जानकारी गराउँदा पनि सुरक्षा गार्डले मन्त्री भएपनि लाइन बस्नुपर्छ भनेको आरोप छ।
गुरूङलाई अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान भइरहेको छ।