Kath khabar
मादक पदार्थ सेवन गरेका सहित ५१ जना विद्यार्थी चालकहरू कारवाहीमा
फाइल




        

              काठमाडौं, भदौ २० । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदै गरेका १ जना विद्यार्थी सहित ५१ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।    

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने १ जना गरि ५१ जना विद्यार्थी चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

नयाँबानेश्वरको चेल्सी इन्टरनेशनले एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ वर्षीय एक विद्यार्थीलाई चेकिङ्गका क्रममा मदिरा पिएर बाग्मती प्रदेश ०२–०२३प ७३८६ नम्बरको मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले काठमाडौंको दरबारमार्गबाट कारवाही गरेको हो ।  

साउन ३० गतेबाट शुरु भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म एक हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले  विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।
   

 

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update