काठमाडौं, भदौ २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व चर्चित पत्रकार रवि लामिछानेले प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेट गर्नुभएको छ ।
रवि लामिछानेले प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु भन्नु भएको छ । गुरुङले मन्त्री भन्ने कुरा आफूलाई थाहा भएको भए पनि ड्युटी त गर्नै पर्यो कानुन सबैलाई बराबर हुन्छ, भन्नुभएको बताउँदै लामिछाने लेख्नुहुन्छ -
प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ "गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।" यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङले ‘लाइनमा बस्नु’ भन्दै दुर्व्यवहार गरेको भन्ने आरोपमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने आदेश भएको थियो ।
यो पनि
https://www.kathkhabar.com/news-detail/11737