काठमाडौं, भदौ २०। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकल सहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेबाट एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ बस्ने ३२ बर्षिय प्रभु बस्नेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी प्रहरी वृत्त महाराजगञ्ज पठाईएको हो ।
मोटरसाइकलको वास्तविक नम्बर बाग्मती प्रदेश ०२–०१५ प ८२ ७७ लाई परिर्वतन गरी बाग्मती प्रदेश ०२– ०१५ प ०८५१ नम्बर राखी चलाउदै गरेको अवस्थामा आज दिउँसो साढे १२ बजे भक्तपुरको राधेराधेबाट नियन्त्रणमा लिएको हो । बाग्मती प्रदेश ०२–०१५ प ८२७७ नम्बरको मोटरसाइकल चोरी भएको भनि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ८ बस्ने संग्रम सिंह दोङले प्रहरी वृत्त महाराजगञ्जमा लिखित निवेदन दिएका थिए । चोरीको मोटरसाइकल खोजतलास गर्न भनि वृत्त महाराजगञ्जबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएको पत्रानुसार मोटरसाईकल खोजी गर्ने क्रममा बस्नेतलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभयो । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।