
काठमाडौं, भदौ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा अभद्र व्यवहार मुद्धामा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा हुनुभएको छ । हिजो अपराह्न जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा साधारण तारेखमा छाड्न आदेश दिएपछि उहाँ छुट्नु भएको हो।
गत शुक्रबार काठमाडौंको छायाँ सेन्टरस्थित भिसा सेन्टरमा गुरुङले मन्त्री श्रेष्ठमाथि लाइनमा बस्नु भन्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो । मन्त्री श्रेष्ठको चर्को आलोचना भएपछि गृहमन्त्री खाणले हिजो काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको थियो।
मन्त्री श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो । उहाँमाथि अभद्रव्यवहार कसूरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।