Kath khabar
पल शाहलाई बलात्कार मुद्धामा सफाई तर बाल यौन दुरुपयोगको मुद्धामा साढे दुई वर्ष कैद सजाय



             नवलपुर, भदौ २१ । अभिनेता पल शाहले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन् । उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको छ, ‘बाल यौन दुरूपयोगमा जिल्ला अदालत नवलपुरले २ वर्ष ६ महिना जेल सजाय सुनाएको छ ।

मंगलवारको बहसपछि न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ । पीडितको बाबुले गएको चैत ४ गते शाह विरुद्ध मुद्दा दायर गरेकोले पुर्पक्षका लागि शाह थुनामा रहेका छन् । उक्त जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । आज त्यही मुद्दाको फैसला भएको हो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update