Kath Khabar
सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले दियो अनुमति

 

            काठमाडौं, भदौ २३ । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।

एक नाबालिग किशोरीले लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिएपछि अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अदालतले आज लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

अब प्रहरीले सन्दीपलाई इन्टरपोलको सहारामा पक्राउ गरेर नेपाल ल्याउन सक्नेछ या उनी आफै नेपाल फर्किए विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिन सक्ने प्रहरीले जानकारी दिएको छ । लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै क्यानसँग कानुनी सहयोग मागेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन्दीपलाई जबरजस्ती करणीको आरोप लागेको विषयलाई लिएर चासो देखाएको छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update