Kath khabar
"म निर्दोष छु, कानुनको सम्मान गरी केहि दिनभित्रै नेपाल आउने छु"- सन्दीप लामिछाने

 

            काठमाडौं, भदौ २४ । नाबालिगको बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू पूर्ण निर्दोष रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् "म सिपिएलबाट बिदा लिएर केहि दिनभित्रै नेपाल आउनेछु ।" उनले नेपालको कानुनको पूर्ण विश्वास रहेको बताउदै आफू निराधार आरोपको सामना गर्न तयार रहेको बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले हिजो लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको टिमबाट निलम्बन गरिसकेको छ । प्रहरीले लामिछानेको पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ । लामिछानेलाई १७ वर्षीया नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update