Kath Khabar
वडाअध्यक्ष आशामान संगतको नेतृत्वमा पशुपति क्षेत्रका अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह



            काठमाडौं, भदौ २४ । काठमाडौं महानगरपालिका वडा-८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरू आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिकाले सुचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गर्दा अटेको गरेको भन्दै आजबाटअव्यवस्थित संरचना हटाउन थालिएको हो  ।

पटक पटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीहरूले नमाने पछि आफै फिल्डमा उत्रिनु परेको वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । उहाँले काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउदैँ आईरहेको र वडाअध्यक्षहरूको यसमा साथ समर्थन रहेको र अव्यवस्थित संरचनाहरू खाली गराउन सके सबैमा समस्याको समाधान हुने बताउनुभयो ।

पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाईआज आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए भोलिदेखि महानगरले सामान उठाएर लाने समेत संगतले जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाहरू भाडामा दिएर भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू आजबाट बन्द गरिएको समेत वडाअध्यक्ष संगतले जानकारी दिनुभयो ।

अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आईरहेका व्यापारीहरूले चाडवाडको बिचमा रोजीरोटी गम्ने अवस्था आएकोले महानगर तथा वडाको सुचनालाई आत्मसात गर्दै संरचना तथा पसलहरू तत्काल हटाउने बताएका छन् ।

केही गर्न खोज्दा एकपक्षलाई फाइदा तथा अर्को पक्षलाई घाटा हुने बताउँदै उनीहरूले सबैको राम्रो हुने कामलाई साथ सहयोग गर्ने आग्रह समेत व्यक्त गरेका छन् । काठमाडौं महानगर पालिकाले हाल महानगर भित्र रहेका अवैध संरचनाहरू हटाउँदै आइरहेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update