Kath khabar
प्रशिक्षक पिर्लो बर्खास्त

इटाली, जेठ १४ । युभेन्टसले प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ । जारी सिजन एकदमै खराब लयमा देखिएको युभेन्टसले दुई वटामात्रै उपाधी जितेपछि क्लबले उहाँलाई सम्झौताको एक सिजन बाँकी हुँदै बर्खास्त गरेको हो । पोर्चुगलको पोर्टोसँग पराजित हुँदै युइएफा च्याम्पियन्स लिगबाट बाहिरिएपछि पिर्लोमाथि दबाब बढेको थियो । जारी सिजन चौथो स्थानमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भएपनि ९ वर्षमा पहिलो पटक युभेन्टस लिग च्याम्पियन हुनबाट बञ्चित भएको थियो ।

२०२० अगष्टमा युभेन्टस आउनुभएका पिर्लोले युभेन्टसलाई इटालियन सुपरकप र कोपा इटालिया सहित मात्र दुई उपाधी जिताउनुभयो । उहाँको स्थानमा मासिमिलियानो एलेग्री युभेन्टस फकिर्ने इटालियन मिडियाले उल्लेख गरेपनि क्लबले आधिकारिक रुपमा घोषणा गरेको भने छैन । एलेग्री युभेन्टसका सर्वाधिक सफल प्रशिक्षक मध्यका एक हुनुहुन्छ । उहाँको नेतृत्वमा युभेन्टसले २०१४ देखि २०१९ पाँच सिरिया, चार कोपा इटालिया तथा दुई पटक सुपर कपको उपाधी उचालेको छ । उहाँकै कार्यकालमा  युभेन्टस दुई पटक च्याम्पियस लिगको फाइनलमा पुगेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update