Kath khabar
३ मुखे झोलुंगे पुल निर्माण सम्पन्न हुँदै : पर्यटकको संख्यामा भने वृद्धि

रिणि, भदौ २४ ।  पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल विश्वकै धार्मिक पौराणिक ऐतिहासिक एवम् पर्यटकीय पवित्र तीर्थ स्थल कालीगण्डकी रुरु धाममा निर्माणको अन्तिम चरणमा पुगेको ३ मुखे झोलुङ्गे पुलमा दिनहुँ आन्तरिक तथा बाहय पर्यटकरु आउने गरेका छन।

पछिल्लो समयमा फेसबुक तथा मिडियाहरु बाट प्रचार प्रसार भएको हुनाले यहाँ पुल हेर्न, घुम्न, टिक टक बनाउन आउछन भने कोहि निर्माण सम्पन्न भएपछी यहाँको आय वृद्धि कसरी हुन सक्छ भन्ने जानकारी लिन आउने गरेको रुरुका सुन्दर कसजुले बताउनु भयो ।

हुनत झोलुङ्गे पुल नेपालमा नभएका होइनन्, तर ती पुल भन्दा यो पुल ३ जिल्ला जोडने एसियाकै पहिलो झोलुङ्गे पुल बनेको हुनाले यहाँ यसरी पर्यटक बढेको जीवन कुमारी कसजुको बताउनु  हुन्छ ।  यस पुलको काम नसकिदै पर्यटमा वृद्धि भैरहेको छ भने पुल सम्पन्न भए पछी भिउटावर, कटेज, धार्मिक होमस्टे संचालन गर्न सकेमा यहाँ सोचे भन्दा बढी तिर्थ यात्रीहरु आउने स्थानिय ब्यापारि खिम प्रसाद गौतमले बताउनु भयो ।

अब यहाँ पुल मात्र बनेर हुदैन पर्यटक लाई केही दिन घुमाउनको लागि ताल तलैया, पिकनिक स्पट, बाल उध्यान, बजार, विभिन्न स्थानमामा पर्यटक गाइड, र दैनिक कालीगण्डकीमा आरती, आधुनिक सुबिधा सम्पम्न होटल, पौवा, धर्मशालाहरु बनाउ सकिने हो भने लुम्बिनी आउने अधिकाम्स पर्यटकहरु रुरुमा बास बसेर जाने क्राउन होटल सन्चाल गर्दै आउनु भएका नारायण ज्ञवालीले बताउनु भयो ।

यसो त यहाँ थुप्रै घुम्ने मठमन्दिर पनि नभएको हैनन तर पुरातात्त्विक सम्पदाको संरक्षण नहुनु, पुराना कलात्मक सामाग्री हरुको भणडार नहुनु तथा सङ्रालयको अभाव हुनु यस क्षेत्रको दुर्भाग्य नै हो तर अबका समयमा पर्यटन प्रबन्धन लागि आवस्यक पुराना सामाग्रीहरुको खोजीनिति पनि गरिरहेको, पुरानो पुस्ताकालयको संरक्षणको काम समेत अगाडी बढाउदै आएको उधोग बाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपतिले बताउनु भयो ।

यता रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम लाल बिक ले रुरु धाम ४ धाम भएकोले आउने पर्यटक लाई रुरु क्षेत्रका धार्मिक पौराणिक सास्कृतिक सम्पदाको इतिहास झल्काउने ब्यानर बोडहरु पुस्तिकाहरु समेत प्रकाशन तथा बितरण गरिरहेको बताउनु भयो । कालीगण्डकीमा स्नान गरि भगवानको दर्शन गर्नाले पुन: जन्म लिन पर्दैन भन्ने बिस्वासका साथ रुरु धाममा भक्तजनहरु आउने गर्दछन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update