साफ यु-१७ फुटबल च्याम्पियनसिपमा नेपालले भारतलाई हरायो
काठमाडौं, भदौ २४ । साफ अण्डर १७ फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले भारतलाई पराजित गरेको छ ।
श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिपको समूह ‘बी’ अन्तर्गत आफ्नो दोश्रो खेलमा आज नेपालले भारतसँग खेलेको खेलमा भारतलाई ३-१ गोलले पराजित गरेको हो । जितमा नेपालको तफबाट उनेश बुढाथोकी, सरोज दर्लामी र सुवास बमले एक–एक गोल गरे भने भारतका लागि ड्यानी मेतीले गोल गरे ।
खेल राजधानी कोलोम्बोस्थित रेसकोर्स ग्राउण्डमा दिउँसो ३ः४५ बजेबाट शुरु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय