Kath Khabar
३,२९४ जनामा परिक्षण गर्दा १५२ जनामा कोरोना पुष्टि

              काठमाडौं, भदौ २४ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल ३,२९४ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२,०१० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३३ संक्रमण मुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या २,४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update