काठमाडौं, २६ भदौ । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।
बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो । गत महिना सम्पन्न साफ यू-२० च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै तेस्रो भएको नेपालले एएफसी छनोटमा भने खराब सुरुवात गरेको छ ।
भुटानले दुवै हाफमा १-१ गोल गर्दै खेलमा जित हासिल गरेको हो । भुटानको मिडफिल्डबाट आएको लामो पासमा नेपाली डिफेन्स र गोलरक्षकबीच समन्वय हुन नसक्दा सोनामले त्यसको फाइदा उठाउँदै गोल गरे ।
नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनको मौसममा घुलमिल हुन नसक्दा नेपाली खेलाडीले उत्कृष्ट खेल खेल्न नसकेको बताउनुभएको छ । अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।