पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प
काठमाडौं, भदौ २६ । पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान केनान्तु सहर नजिकै गएको ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने चेतावनी दिइएको छ । भूकम्पले कति क्षति पुर्यायो भन्ने आधिकारिक पुष्टि भएको छैन।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९ ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय