Kath khabar
म्यादी प्रहरीका लागि भर्ना खुला

 

             काठमाडौं, भदौ २६ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुला गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक नेपाली नागरिकले आगामी भदौ ३० देखि असोज ६ गतेसम्म बिहान १० देखि ५ बजेभित्रको समयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइने जनाइएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्नेछन् ।

म्यादी प्रहरीको सेवा तथा सुविधा अन्तर्गत ४० दिनका लागि प्रतिदिन रु. ८६९ रूपैयाँका दरले जम्मा पारिश्रमिक रु. ३४,७६० रूपैयाँ प्राप्त हुनेछ। यस्तै पोशाक अन्तर्गत प्रति व्यक्ति ६ हजार रुपैयाँ तथा खाद्यान्न अन्तर्गत प्रति व्यक्ति एकमुष्ट रु. ७२०० रूपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update