अध्यागमन विभागको कालोसूचीमा सन्दीप लामिछाने
काठमाडौं, भदौ २६ । १७ वर्षीया नाबालिकलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखिएको हो ।
जिल्ला अदालत काठमाडौंले भदौ २३ गते लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्रिभुवन विमानस्थल प्रहरी प्रमुख रहेका ज्ञवालीले सन्दीप नेपाल फर्किएपछि अध्यागमनले कालोसूचीमा रहेका कारण प्रहरीलाई खबर गर्न सक्ने बताए ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज जमैकामा रहेका सन्दीप राष्ट्रिय स्तरका मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत स्टार खेलाडीको छबि बनाएका चर्चित क्रिकेटर हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९ १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय