Kath khabar
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले दिए राजीनामा

             काठमाडौं, भदौ २६ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् । कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको ५२५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update