काठमाडौं, भदौ २८ । चिनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण काठमाडौं उपत्यकाका सडकहरुमा सोमबारदेखि ट्राफिक चाप बढेको छ ।
लीको सुरक्षाका लागि भनेर काठमाडौंका सवारी आवागमन कडा पारिएको छ जसका कारण उपत्यकाको ३ वटै जिल्लामा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । उपत्यकामा आज पनि विभिन्न स्थानमा सवारी चाप बढ्ने भनिएको छ ।
आज बिहान ११ बजे तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने तथा अपरान्ह ३ः३० बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने र ४ः३० बजे पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण चालकहरुलाई उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।