एएफसी यु–२० एसियन कप छनौटमा नेपालको लगातार दोस्रो हार
काठमाडौं, भदौ २८ । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३-१ ले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो ।
कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो । खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाएका थिए । यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
नेपालले अर्को खेल बुधबार आयोजक बहराइनसँग खेल्नेछ भने अन्तिम खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय