Kath Khabar
बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना भ्रामक हो, अफवाह फैलाए कारबाही हुन्छ - साइबर व्युरो

 

          काठमाडौं, भदौ २८ । नेपालमा बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना भ्रामक भएको नेपाल प्रहरीले बताएको छ ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको विश्वास नगर्न आग्रह गरेको छ।

त्यस्ता घटनाबारे अहिलेसम्म नेपालभरीका कुनैपनि प्रहरी कार्यालयहरुमा उजुरी प्राप्त नभएको तथा सामाजिक सञ्जालमा यस्तो भ्रामक समाचार फैलाउनेलाई कानुन अनुसारको कारबाही गरिने पनि नेपाल प्रहरीले सूचनामा उल्लेख गरेको छ ।   

 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update