Kath khabar
"केजिएफ २" पछि सञ्जय दत्तलाई  दक्षिण भारतीय फिल्ममा प्रस्तावको लस्कर

              काठमाडौं, भदौ २८ ।  यसै वर्ष प्रदर्शन भएको दक्षिण भारतीय फिल्म "केजिएफ २"मा भिलेन अधीराको भूमिका निर्वाह गरेपछि उनको चर्चा थप चुलिएको थियो। उनै अभिनेता अर्को दक्षिण भारतीय फिल्ममा पनि देखिने भएका छन्। उनी विजय थालापथीको अनटाइल फिल्ममा देखिने भएका हुन्।

लोकेश कनागराजले निर्देशन गर्ने यो फिल्ममा उनले सञ्जयलाई ग्याङस्टारको भूमिका प्रस्ताव राखेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जय फिल्ममा भिलेनकै भूमिकामा देखिनेछन्। यो फिल्ममा काम गर्न सञ्जयले भारतीय रुपैयाँ १० करोड पारिश्रमिक तोकेका छन्। यो फिल्मको छायांकन यसै वर्षको अक्टोबर वा नोभेम्बरमा सुरु हुनेछ। यो फिल्म २०२३ मा दीपावलीको अवसरमा प्रदर्शन हुने बताइएको छ।

यसै वर्ष सञ्जयका ३ फिल्म "केजीएफ २, सम्राट पृथ्वीराज र शमशेरा" प्रदर्शन भयो। तर "केजीएफ २" बाहेक अन्य २ फिल्म बक्स अफिसमा असफल भए। पछिल्लो समय सञ्जयलाई भिलेनकै भूमिका निर्वाह प्रस्ताव आइरहेको छ। उनी आगामी फिल्म "द गुड महराज र घुरछडी"को छायांकनमा व्यस्त छन्।

 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update