
काठमाडौं, भदौ २८ । नेप्से बढेको छ । आज मंगलबार नेप्से २१ दशमलव तीन अंकले बढेर १९ सय ३४ दशमलव चार अंकमा पुगेको छ भने भने सेन्सिटिभ पनि तीन दशमलव ८३ अंकले बढेर तीन सय ७६ दशमलव १७ अंकमा पुगेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको २० हजार पाँच सय २० पटकको कारोबारमा ३१ लाख ४६ हजार नौ सय ९६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९२ करोड २५ लाख ७४ हजार चार सय १० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटलर्स नेपाल, मैलुङखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल बैंकको ऋणपत्र, राष्ट्रिय बीमा कम्पनीको संंस्थापक शेयर आदिको शेयर मूल्य घटेका छन् । नबिल बैंक, रिडी हाइड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।