काठमाडौं, जेठ १४ । राष्ट्रिय भलिबल संघले एसियाली भलिबल च्याम्पियनसिपको तयारीका लागि ३० खेलाडी छनौट गरेको छ । ९ जना खेलाडीलाई पहिलो पटक टिममा बोलाइएको छ ।
गत चैतमा भएको राष्ट्रिय भलिबल च्याम्पियनसिपमा खेल प्रदर्शन गरेका आधारमा खेलाडीहरु छनौट गरिएको हो । खेलाडी छनौटका लागि संघले तीन सदस्यीय समिति बनाएको थियो । जसमा संघका उपाध्यक्ष निरोज मास्के संयोजक तथा मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला भलिबल प्रशिक्षक जगदिश भट्ट सदस्य रहनुभएको थियो । समितिले घोषणा गरेको टोलीमा ९ जना खेलाडीहरु पहिलो पटक बन्द प्रशिक्षणमा पर्नुभएको छ । शुक्रबार कार्यबाहक यामबहादुर गुरुङको अध्यतामा सम्पन्न भएको भर्चुअल बैठकले उक्त नामावली सार्वजनिक गर्ने बताएको हो । प्रतियोगिताका लागि आगामी २१ गतेबाट प्रशिक्षण सुरु गर्ने बैठकले जानकारी दिएको छ । १३ औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबललाई रजत पदक जिताउन सफल प्रशिक्षक भट्टलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।
बन्द प्रशिक्षणमा पर्न सफल ३० खेलाडीको नामावलीः
पहिलो पटक बन्द प्रशिक्षणमा पर्नुभएका खेलाडीः सरस्वती जैसी, लक्ष्मी चन्द, रिया कुवँर, रिमा कुँवर, पुजा चौधरी , झरना श्रेष्ठ, वाल्मिका आचार्य, कामना विष्ट र सृष्टि खड्गी ।
बाँकी खेलाडीहरु
कप्तान अरुणा शाही, प्रतिभा माली, रेश्मा भण्डारी, सरस्वती चौधरी, उषा भण्डारी, उषा विष्ट, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, जानकी भण्डारी, सफिया पुन, सुनिता खड्का, हिरा केसी, कमला पुन, मनिषा चौधरी, कविता भट्ट, शान्ती थारु, शान्तीकला तामाङ, पुनम चन्द, कामना विष्ट, सरस्वती कट्टेल, कृपा अधिकारी ।