Kath khabar
लिभरपुलको पहिलो जित : च्याम्पियन्स लिग

              काठमाडौं, भदौ २९ ।  च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकालेको छ ।  समूह चरण अन्तर्गत मंगलबार राति डच क्लब आयाक्सलाई २-१ ले पराजित गर्दै लिभरपुलले पहिलो जित निकालेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र जोएल माटिपले गोल गरे । आयाक्सका मोहम्मद कुडुसले १ गोल फर्काए । खेलको १७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, २७ औं मिनेटमा कुडुसले गोल गर्दै आयाक्सलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि ८९ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।  जितसँगै समूह ए मा रहेको लिभरपुल २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update