काठमाडौं, भदौ २९। नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैँ धमाका अभियानको घोषणा गरेको छ ।
यो अभियान भदौ २९ बाट (१४ सेप्टेम्बर २०२२) बाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा आजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ । यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क शपिंग, २५ सय रुपैंयाँसम्मको प्रीपेमेन्ट छुट, १० हजार रुपैयाँ सम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा नियो इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ ।
कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. २०००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम रु. २५००) सम्मको छुट पाउन सक्नेछन् । विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन् ।
साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम रु. १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन् ।
विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल एक रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र एक रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन् । अमेज फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि यती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२। सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु १ फिर्ता गरिने छ ।
प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट
दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमण्ड पार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्ट्नर्स साझेदारहरूमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल पर्दछन् । र अन्तमा, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेज फिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश छन् ।
अभियानका थप हाइलाइटहरूमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उसले जित्यो, सेलको झटका र स्टोरवाइड अफर समावेश छन् ।