Kath khabar
चौबिस घन्टामा ११९ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य


              काठमाडौं, भदौ २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल चार हजार ४८ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२ हजार १५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ३० जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या दुई हजार एक सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update