साफ यू-१७ च्याम्पियनसिप फुटबल- नेपाललाई हराउदै भारत च्याम्पियन
काठमाडौं, भदौ २९ । साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।
बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा नेपाल भारतसँग ४-० गोलले हराउँदै भारत च्याम्पियन बनेको हो । यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । भारतसँग पराजित भएपछि नेपाल साफ यू-१७ च्याम्पियनसिपको उपविजेता बनेको छ ।
खेलको पहिलो हाफको ३० मिनेट नबित्दै नेपाल २-० ले पछि परेको थियो । भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो ।
यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९ २२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय