काठमाडौं महानगर कार्यालय अगाडि व्यापारीको विरोध प्रदर्शन
काठमाडौं, भदौ ३०। काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि फुटपाथ व्यापारीहरु आज विरोध प्रदर्शनमा उत्रिएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले विरोध प्रदर्शन गरेको हो।
बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन् । गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने तथा महानगरपालिकाभित्र रहेका सडकपेटी र गल्लीहरुमा व्यापार गरेर जीविकोपार्जन गर्ने निम्नवर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा र गिरफ्तार गर्ने, हातपात गर्ने लगायतका कारबाही गरेको भन्दै व्यापारीहरू आन्दोलित भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय