राष्ट्रिय युवा संघ नेपालले बृहत पदयात्रा आयोजना गर्दै

काठमाडौं, भदौ ३० । राष्ट्रिय युवा संघ नेपालले संविधान दिवसको अवसरमा यहि असोज १ गते बृहत पदयात्राको आयोजना गर्दैछ ।
बिहान ७ बजेदेखि सुरु हुने उक्त पदयात्रा कुपण्डोल, नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी लगायतका स्थान हुँदै वसन्तपुरमा गएर समापन हुनेछ । अध्यक्ष के.पि. शर्मा ओलीको नेतृत्वमा हुने उक्त वृहत पदयात्रामा कुपण्डोलबाट क्रान्ति बुर्लाकोटी, बानेश्वरबाट क्षितिज थेवे, लैनचौरबाट रामजी सापकोटा, कालिमाटीबाट कृष्णहरि के.सी तथा मैतिदेवीबाट पुष्प श्रेष्ठ सहभागी हुनेछन् ।
संघले हरेक सदस्यलाई व्यापक युवा परिचालनसहित नजिकका स्थानबाट अनिवार्य सहभागिता जनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय